जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?

सारांश

  • काठमाडौं।
  • जेन-जी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेन–जी आन्दोलनका घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् ।
  • उनले भने,‘सरकारले हामीलाई अहिलेसम्म फो पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ, मैले जवाफमा म एकदमै नर्मल मान्छे हुँ भनेर भनेको छु ।

काठमाडौं। जेन-जी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेन–जी आन्दोलनका घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भने,‘सरकारले हामीलाई अहिलेसम्म फो पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ, मैले जवाफमा म एकदमै नर्मल मान्छे हुँ भनेर भनेको छु । म सरकारी मान्छे होईन, म सहजकर्ताको हिसाबले काम गरिरहेको छु भन्नुभएको छ ।’

अहिलेको अन्तरिम सरकारपनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको उनको भनाई छ ।

उनले सुनाए,‘कतिपय यस्तो हुनुहुन्छ कि घरमा एउटा कमाउने छोरा गुमाउनुभएको छ, जसले कमाउनुभएको थियो, घरको खर्च टर्दथ्यो, तर अहिले त्यही छोरा अस्पतालको बेडमा छ, कुनै सहयोग वा राहत नपाएको अवस्था छ, उहाँहरुले फोन गर्नुभएकोले मैले आज यहाँ पत्रकार भेटघाट गराएको हुँ, उहाँहरुको अवस्था एकदमै दयनीय छ । जसको रगतमा यो सरकार बनेको छ, उहाँहरुको बारेमा यो सरकारले एकचोटी सम्बोधन गर्नुपर्दैन ?’

उनले जेन–जी आन्दोलनको बेलामा गोली चलाउन आदेश दिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, तत्कालिन सिडिओलगायतलाई कारबाही किन गरिएन भनेर पनि उनले प्रश्न गरे । जाँचबुझलगायतका अहिले बनेका समितिमा शहिद तथा घाइते परिवारका सदस्यहरुलाई राख्नु पर्दैन थियो ? भनेरपनि उनले प्रश्न गरे ।

उनले बा’लाई फालेर आमालाई सरकारको नेतृत्वमा ल्याउनको लागि मात्रै यत्रो युवाहरुले गोली खाएको हो र ? भनेर प्रश्नसमेत गरे । सरकार ढाल्नमात्रै आन्दोलनको उद्देश्य थियो त ? भनेर वर्तमान सरकारलाई प्रश्न गरे । उनले प्रधानमनत्री कार्कीसमक्ष घाइतेहरुलाई हेर्न कहिले आउनुहुन्छ भनेर पनि सोधे ।

जेन–जी आन्दोलनका घाइते सुयोग राईले आफूलाई आन्दोलनको क्रममा गोली लागेको सुनाए । गोलीको छर्राको कारण आफ्नो एउटा आँखाको ज्योति नै गुमेको बताए । परिवर्तनको लागि आन्दोलनमा गएपनि अहिले हेर्दा के को लागि गएको जस्तो भएको उनको गुनासो छ । उनले आफ्नो निःशुल्क उपचार भएको सुनाए । घरपरिवारले समेत अहिले धेरै चिन्ता लिएको उनको भनाई छ । आफू विदेश जान ठिक्क परेर बसेको भएपनि देशमा व्याप्त भ्रष्टाचार हटाउनको लागि आन्दोलनमा गएको उनले सुनाए ।

यस्तै, अर्का वक्ता प्रदीप भट्टराईले राज्यले निकास पाओस भनेर जेन–जी आन्दोलन भएको स्मरण गराए । नेपालमा युवाहरुलाई दबाइएको र भिजन नभएकाहरुले देश कब्जा गरेकोले देश विकास नभएको उनको दाबी छ । उनले यो देशको विकास युवाले गर्नसक्ने ठोकुवा गरे । राज्यमा बेथितिको अन्त्य गर्न पनि विकासले गर्न सकिने बताए ।

जेन–जी आन्दोलनका घाइते सञ्जय पौडेल (सर्लाही) ले संसद् भवनअघि चार वटा गोली लागेर घाइते भएको बताए । सरकारले दिँदै आएको घाइते परिचयपत्र लिनको लागि पनि धेरै कष्ट भोग्नुपरेको पनि उनले सुनाए । उनले आफूहरुको जिन्दगी बोनसको जिन्दगी भएको बताए । तर, आफूहरुलाई निर्णय प्रक्रियामा आफूहरुलाई बेवास्ता गरिएको उनको गुनासो छ । आफूहरुले उठाएका माग र मुद्दाको विषयमा वर्तमान सरकारले संविधानको मुखमात्र हेरेर बसेकोमा पनि उनले आक्रोश पोखे ।

अर्का घाइते समिर खत्री (दोलखा) ले आफू जेन–जी आन्दोलनको क्रममा घाइते भएको र आफूहरुको माग पूरा हुनुपर्ने बताए । आफूहरु आन्दोलनमा मर्नमात्रै नगएको भन्दै आफूहरुले अघि सारेका माग र मुद्दा अनि उद्देश्यपनि पूरा हुनुपर्नेमा जोड दिए । उनले भने,‘हामी यो अन्तरिम सरकार बनाउनको लागि मात्रै आन्दोलनमा गएका थिएनौं । हामी त भ्रष्टाचार जरैदेखि उन्मुलन होस भनेर गएको हो ।’ नेपालमा राजनीतिक अवस्था अस्थिर रहेकोमा उनले चिन्ता व्यक्त गरे । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जनताले चुन्न पाउनुपर्ने उनको माग छ । उनकी आमाले समेत सम्बोधन गरेकी थिईन् । उनले आफूले ज्यामी काम गरेर छोरालाई साईन्स पढाएको तर आन्दोलनमा घाइते हुँदा दुःख जेलो गरेर उपचार गराएको उनले सुनाईन् । उनले देश बन्नुपर्ने धारणा राखिन् ।

प्रधानमन्त्री कार्कीलाई ऋषि धमलाको प्रश्न ः भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आयोग खोई ?
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले जेन–जी पुस्ताको भावना समेट्नेलाई अहिलेको मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा जेन–जी आन्दोलनका घाइतेहरुले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनका एजेण्डा स्थापित गर्नसक्ने र भ्रष्टाचारीहरुलाई कारबाही गर्नसक्ने मान्छे सरकारमा सहभागी हुनुपर्ने धमलाको जोड छ । उनले भने,‘आज हाम्रो देशमा भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्नुपर्यो, एक्सन गर्नुपर्यो । यो देशको युवाहरुको माग हो । यो देशको तीन करोड जनताको माग हो, भ्रष्टाचारीलाई नछोड । २०४६ सालयता देशको नेतृत्वमा बसेका सबैको सम्पत्ति छानबिन गर, सार्वजनिक गर ।’

वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई समेत धमलाले भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग अहिलेसम्म किन नबनाएको भनेर प्रश्न गरे । उनले भने,‘प्रधानमन्त्रीज्यू, भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग खोई ? किन बनेन आयोग ? यो जनताको प्रश्न हो, जेनजी पुस्ताको प्रश्न हो, घाइतेहरुको प्रश्न, यो सरकार जेनजीहरुले बनाएको सरकार हो ।’

जेन-जी आन्दोलनमा दमन गर्नेहरुलाई समेत कारबाही गर्न धमलाको आग्रह छ । उनले भने,‘जेनजीहरुको अर्को माग भनेको जसले आन्दोलनमा दमन गर्यो, गोली चलायो, त्यसलाई कारबाही गर, नछोड ।’ जेनजीहरुले अघि सारेको प्रत्यक्ष निर्वाचन कार्यकारी प्रमुख भएकोले यसको लागि पनि गृहकार्य गर्न उनको सुझाव छ । उनले भने,‘यो देशमा एउटा प्रत्यक्ष निर्वाचित कार्यकारीले पाँच वर्ष काम गर्न पाउनुपर्छ । अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्ष काम गर्न पाएन, अनि देश विकास कसरी हुन्छ ?’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    registrēties binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/da-DK/register?ref=V3MG69RO

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो  चाडै बजारमा अाउदै छ,
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,
जिसस इलाममा एमाले विजयी
जिसस इलाममा एमाले विजयी
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ?   यस्तो छ  कारण
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ? यस्तो छ कारण

तपाईंले छुटाउनुभयो कि?