अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ? यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अझै किन सुरु हुन सकेन विराटनगर महानगरपालिकाको मतगणना ?   यस्तो छ  कारण

सारांश

  • विराटनगर ।
  • चुनाव सम्पन्न भएको १५ घण्टा वितिसक्दा समेत विराटनगर महानगरपालिकाको मतगणना सुरु हुन सकेको छैन ।
  • मतगणनामा ढिलाई हुँदा स्थानीयबासीहरुको कतिबेला मतगणना सुरु होला र मतपरिणाम आउला भन्ने व्यग्र प्रतिक्षामा रहेका देखिन्छन् ।

विराटनगर । चुनाव सम्पन्न भएको १५ घण्टा वितिसक्दा समेत विराटनगर महानगरपालिकाको मतगणना सुरु हुन सकेको छैन । मतगणनामा ढिलाई हुँदा स्थानीयबासीहरुको कतिबेला मतगणना सुरु होला र मतपरिणाम आउला भन्ने व्यग्र प्रतिक्षामा रहेका देखिन्छन् । विरानगर महानगरका सबै मतपेटिकाहरु आदर्श स्कुलमा राखिएका छन् । मतगणनास्थल वरिपरि सुरक्षाकर्मीहरुले कडा सुरक्षा प्रवन्ध गरिरहेका छन् भने बाहिर स्थानीय सर्वसाधारणको घुँइचो लाग्ने क्रम बढिरहेको छ । मतगणनास्थलभित्र राजनीतिक दलका प्रतिनिधिहरु कुन वडाबाट मतगणना सुरु गर्ने विषयमा छलफल गरिरहेको बताइएको छ । राजनीतिक दलहरुले बैठक लम्ब्याएका कारण विराटनगरमा मतगणना प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । दोश्रो चरणको निर्वाचनमा एक मात्र महानगरपालिका रहेको विराटनगरमा मुलुककै ध्यान खिचिएको छ । यहाँ कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गरिरहेको छ भने एमालेले विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको छ । उता,  माओवादी केन्द्रले भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?