यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा

सारांश

  • काठमाडाै, २१ असाेज ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
  •  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, केन्द्रीय समितिको आजको बैठकमा मूलत तीन विषयमा छलफल हुनेछ।

काठमाडाै, २१ असाेज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, केन्द्रीय समितिको आजको बैठकमा मूलत तीन विषयमा छलफल हुनेछ।

१. पार्टी विधानको मस्यौदा  

१६ बैशाख ०२०७५ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। सो समितिले मस्यौदा गरेको विधानको मस्यौदामाथि आजको बैठकमा छलफल हुनेछ। महामन्त्री खड्का नेतृत्वको समितिको सदस्यमा डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय (डिना), आनन्द ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन्।महामन्त्री खड्का नेतृत्वमा बनेको मस्यौदा समितिले मस्यौदा विधान पेश गरिसकेको छ’ प्रवक्ता शर्माले भने, ‘मस्यौदा विधानमाथि केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नु हुनेछ्।’

२. नेबि संघको उमेर हद

कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको विधानमाथि पनि छलफल गर्नेछ। खासगरी नेवि संघको कार्यसमितिमा कति उमेरसम्म रहन पाउने भन्ने सम्बन्धमा निकै ठूलो बहस हुँदै आएको छ।नेबि संघ केन्द्रीय कार्यसमितिले अधिकतम उमेर ३२ हुनुपर्ने व्यवस्था सहितको विधान बनाउनु पर्ने निर्णयसहितको विधानको मस्यौदा पेश गरेको थियो। संघ भित्रका सबै विवाद सल्ट्याउन ६ सदस्यीय निर्देशक समिति गठन गरेको थियो। डा प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा नवीन्द्रराज जोशी, प्रदाीप पौडेल, गुरुराज घिमिरे र रन्जीत कर्ण सदस्य छन्। तर, उमेरहद कति तोक्ने भन्ने सम्बन्धमा निर्देशक समितिले यकिन गर्न सकेको छैन। प्रवक्ता शर्माले आजको बैठकमा निर्देशक समितिले पेश गर्ने नेवि संघको नेतृत्वको उमेर हदलगायतका विषयमा पनि छलफल हुने बताए। 

३. समसामयिक विषय

आजको बैठकमा समसामयिक विषयमा समेत छलफल हुनेछ। देशभर महिलामाथि भइरहेका बलात्कार, हत्या जस्ता हिंसाजन्य अपराधको बृद्धि, सरकारले दोषीहरु पत्ता लगाउन नसकेको विषयमा पनि छलफल हुने प्रबक्ता शर्माले बताए। ‘बैठकमा छलफल त हुन्छ नै, यी विषयमा आजको बैठकले केही प्रस्तावहरु पनि पारित गर्नेछ’ प्रवक्ता शर्माले भने, ‘अन्य समसामयिक विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?