कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ

सारांश

  • लहान।
  • सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
  • कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिए।

लहान। सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिए।

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा दासले बताए।

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ। हालसम्म सिरहाको गोलबजारस्थित क्वारेन्टाइनमा २५ जना रहेको क्वारेन्टाइनका इञ्चार्ज निरन्जन सिंहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनासम्म सुको काम नभएका गौरवका आयोजना
६ महिनासम्म सुको काम नभएका गौरवका आयोजना
पसलमा म्याद गुज्रेका सामान बेच्छन्
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी

तपाईंले छुटाउनुभयो कि?