झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ

सारांश

  • झापा १५,पुष।
  • झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ।
  • लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

झापा १५,पुष।झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुले दिएको सूचनाको आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका-१० मा डेरा गरी बस्ने बर्ष ४२ को भीम बहादुर अधिकारी निजको श्रीमती बर्ष ३८ की ओममाया अधिकारी र भीम बहादुरकी साली बर्ष ३६ की रेवतीमाया डाँगीले बिक्रिवितरण गर्ने गरेको खुल्न आए पछी उनीहरुलाई समेत २०२ ग्राम खैरो हेरोईन सहित कोठाबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको  इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
पर्वतमा राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु
पर्वतमा राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो
मइ दिवसका अवसरमा-समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न प्रचण्डको अपिल
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल

तपाईंले छुटाउनुभयो कि?