रोशी गाउँपालिकाले गर्याे एम्बुलेन्स सेवा सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रोशी गाउँपालिकाले गर्याे एम्बुलेन्स सेवा सुरु

सारांश

  • काभ्रे, २२ असाेज ।
  •   रोशी गाउँपालिकाले स्थानीय जनताको सेवा सुविधालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा सुरु गरेको छ ।
  • आज भन्दा करिब तीन बर्ष अगाडि साबिक खहरे पागु गाबिस ले जनताको हित लाई ध्यानमा राखी एम्बुलेन्स खरिद गर्न सत्य मान लामाको अध्यक्षतामा समिति गठन गरि ५ लाख बिनियोजन गरिएको थियो तत पश्चात् अपुग रकम स्थानीय बासिको स्व्यइछिक चन्दा बाट प्राप्त २लाख ५० हजार बाकी अपुग रकम रोशी गाउँपालिकाकाले उपलब्ध गराए पच्चात एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स खरिद समितिका अध्यक्ष सत्यमान लामाले जानकारी दिए ।

काभ्रे, २२ असाेज ।  रोशी गाउँपालिकाले स्थानीय जनताको सेवा सुविधालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा सुरु गरेको छ ।आज भन्दा करिब तीन बर्ष अगाडि साबिक खहरे पागु गाबिस ले जनताको हित लाई ध्यानमा राखी एम्बुलेन्स खरिद गर्न सत्य मान लामाको अध्यक्षतामा समिति गठन गरि ५ लाख बिनियोजन गरिएको थियो तत पश्चात् अपुग रकम स्थानीय बासिको स्व्यइछिक चन्दा बाट प्राप्त २लाख ५० हजार बाकी अपुग रकम रोशी गाउँपालिकाकाले उपलब्ध गराए पच्चात एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स खरिद समितिका अध्यक्ष सत्यमान लामाले जानकारी दिए ।

साथै एम्बुलेन्स हस्तान्तरण कार्यक्रम का अतिथि युवा संघ नेपाल का केन्द्रिय कोषाअध्यक्ष अमीत लामाले कार्यक्रमलार्इ सम्बोधन गर्नेक्रममा राजनीति ब्यत्तिगत स्वार्थ भन्दा माथी उठेर समाज परिवर्तनका निम्ति  गर्नुपर्ने बताएका थिए ! त्यसै अनुरुप लाग्न सके नेपाल सरकारले लिएको लक्ष्य सुखी नेपाली समृद्ध नेपाल को अभियान ले सार्थकता पाउने र समाज परिवर्तन छिट्टै सम्भब हुने बताउदै एम्बुलेन्स सन्चालन कोषको लागि ४० हजार सयोग गर्ने घोषणा गरेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम मा रोशी गाउपालिका का अध्यक्ष डिबी मोक्तान ले रोशी गाउँपालिकाको सहयोगमा एम्बुलेन्स सञ्चालन कोष खडागरी दाताहरुबाट प्राप्त रकम सोही कोषमा जम्मा गरि अपुग रकम गाउँ पालिकाले ब्यहोर्ने जानकारी दिए । साथै गाउपालिका जनताको सुख दुखमा साथमै रहने प्रतिबद्धता गरेका थिए  । यहि असोज २० गतेबाट रोशी गाउँपालिकाको वडा नं १, २ र ३ का लागि सेवा उपलब्ध हुनेछ । एम्बुलेन्स सञ्चालन कोषका लागि गाउँपालिका अध्यक्ष डिवी लामा, वडा न १ का अध्यक्ष श्रीदाश लामा २ का अध्यक्ष पोते लामा ३ का अध्यक्ष धनजित लामा तथा कार्यापालिकाका सदस्य सिता माया लामा समेतले एक एक महिनाको तलब तथा भत्ता सहयोग गरेका थिए  । भने युवा संघ नेपाल का केन्द्रिय कोषाअध्यक्ष अमीत लामाले ४०हजार उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह
नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
Bollywood celebs and their battle with cancer!
Bollywood celebs and their battle with cancer!
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
आजको राशिफल
आजको राशिफल
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते