मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
सारांश
- काठमाडौं, २१ असोज ।
- दाङको घोराहीमा आज मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीनवटा सरिया पसेको छ ।
- घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङ्नीकी ३८ बर्षीया तिला परियार उछिटिट्एर सरिया बोकेको ट्याक्टरमा ठोकिएकी थिइन् ।
काठमाडौं, २१ असोज । दाङको घोराहीमा आज मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको शरीरमा तीनवटा सरिया पसेको छ । घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ झिङ्नीकी ३८ बर्षीया तिला परियार उछिटिट्एर सरिया बोकेको ट्याक्टरमा ठोकिएकी थिइन् ।
महिलाको छातीबाट तीनवटा सरिया पसेर ढाडबाट निस्किएको छ । दुर्घटना लगत्तै सरिया काटेर घाइते परियारलाई उपक्षेत्रीय अस्पतालमा पु¥याइए पनि आसियू नहुँदा उपचार गर्न नसकिएको भन्दै तत्काल भैरहवा रिफर गरिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहायक निर्देशक बसन्त लामिछानेले जानकारी दिए ।
रा ३ प ५२५८ नम्बरको मोटरसाइकल र लु ४३ प २४२९ नम्बरको मोटरसाइकल ठोकिएपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाइकलले पैदल यात्रु महिलालाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट ती महिला रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोकिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
अनलोड गर्नका लागि तयार भएको ट्याक्टरमा ठोकिएर उक्त घटना भएको हो । घटनामा संलग्न चालकसहित ट्याक्टर र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बाल मन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ वर्षीय हेमराज वली समेत घाइते भएका छन् ।
पछिल्लो समय निकै व्यस्त बन्दै गएको उमेशमार्ग रोडमा अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाउने गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया