प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
  • स्वदेश तथा विदेश बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश तथा विदेश बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्वत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बतलाई पनि हामी नेपालमा अंग्रेजी नयाँ वर्षको रुपमा मनाउने प्रधानमन्त्री ओलीले शुभकामनामा उल्लेख गरेका छन् ।

हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख छ । जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्ष राजनीतिक संक्रमणकालको अन्त्य भएको उल्लेख छ ।

संक्रमणकालीन संशय चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं । हाम्रा लागि वितेको वर्ष नयाँ संविधानको कार्यान्वयन गरी संक्रमणकालको अन्त्य वर्ष बनेको शुभकामना सन्देशमा उल्लेख छ ।

‘अव्यवस्था र अनिश्चयको वर्षाैं लामो अभ्यासबाट पछौटे अवस्थामा रहेको मुलुकलाई विकास र समृद्धिमा लैजानु अवश्य पनि सजिलो काम होइन । तर हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन्’ शुभकामनामा उल्लेख छ ।

‘नेपाली नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवनसुखी र राष्ट्रको अवस्थासमृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ । निर्वाचनमार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटकसंकल्प गरेको छु’ प्रधानमन्त्रीले भनेका छन्, ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?