इतिहास जोड्ने र तोड्ने कसरत

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
इतिहास जोड्ने र तोड्ने कसरत

सारांश

  • फिदिम : प्रदेशसभा सदस्यका दुई उम्मेदवारले पाँचथरमा इतिहास जोड्ने कि तोड्ने हुन् भन्ने विषयले चर्चा पाएको छ ।
  • प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा विगतका निर्वाचनमा कुनै पनि दलका उम्मेदवारले निरन्तर दुई पटक जित हात पारेको रेकर्ड छैन ।
  • यहाँबाट निर्वाचन जित्ने नेताले अर्को पटक पराजयको पीडा भोगेकै छन् ।

फिदिम : प्रदेशसभा सदस्यका दुई उम्मेदवारले पाँचथरमा इतिहास जोड्ने कि तोड्ने हुन् भन्ने विषयले चर्चा पाएको छ । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा विगतका निर्वाचनमा कुनै पनि दलका उम्मेदवारले निरन्तर दुई पटक जित हात पारेको रेकर्ड छैन । यहाँबाट निर्वाचन जित्ने नेताले अर्को पटक पराजयको पीडा भोगेकै छन् ।

यसपटक भने गठबन्धनका कारण इतिहास जोडिने कि तोडिने भन्ने रोचक बहस हुन थालेको हो । संविधानसभा दोस्रो निर्वाचनमा उठेका उम्मेदवार नै यसपटक दोहोरिएका छन् । पराजयको बदला लिने ध्याउन्नमा छन्, कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ । उनी एमालेका गणेश काम्बाङसँग दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । संविधानसभा दोस्रो निर्वाचनमा काम्बाङले केरुङलाई हराएका थिए । उनी जित दोहोर्‍याउने ध्याउन्नमा छन् ।

उम्मेदवारी टुंगो लागेलगत्तै पत्रकार सम्मेलन गरी केरुङ इतिहासले आफूलाई जिताइसकेको तर्क गर्दै चुनावी मैदानमा होमिएका थिए । ‘वाम गठबन्धनले गर्दा सोचेजस्तो जित सहज छैन’, उनले भने, ‘तर, पाँचथरका जनता सचेत छन् । एक पटक काम गर्ने मौका दिन्छन् । जनताको काम नगर्नेलाई अर्कोपटक सजाय दिएको इतिहास साक्षी छ ।’

पाँचथरमा प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा कुनै पनि उम्मेदवारले निरन्तर दुई पटक जित हात पारेको रेकर्ड छैन ।

काम्बाङ माओवादी केन्द्रसँगको गठबन्धनका कारण जित दोहोरिनेमा विश्वस्त देखिएका छन् । ‘यसपटक इतिहास तोडिनेछ’, उनले भने, ‘जित दोहोर्‍याएरै छाड्ने हो ।’ जनताले व्यक्तिभन्दा पार्टी निर्णयको प्रभावकारिता हेर्ने भएकाले जित सहज रहेको उनको दाबी छ ।

विगतमा यो क्षेत्रबाट कांग्रेस र एमालेका नेता पालै पालो जितेको रेकर्ड छ । २०४८ सालमा कांग्रेसका दीपकप्रकाश बाँस्कोटालाई एमालेका बसन्तकुमार नेम्बाङले पराजित गरे । २०५६ सालमा नेम्बाङसँग बाँस्कोटाले पराजयको बदला लिए । संविधानसभा निर्वाचनमा फेरि कांग्रेसले जित हात पार्‍यो । एमालेका काम्बाङलाई कांग्रेसका पूर्णकुमार शेर्माले पराजित गरे । दोस्रो संविधानसभा निर्वाचनमा काम्बाङले केरुङलाई पराजित गरेका थिए ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?