मातृभाषा संरक्षणमा जोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मातृभाषा संरक्षणमा जोड

सारांश

  • कपिलवस्तु ११ फागुन : पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
  • अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए ।
  • कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिए ।

कपिलवस्तु ११ फागुन : पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए ।

कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिए । राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिवसमेत रहेका उनले मातृभाषालाई व्यवस्थित र संरक्षित गर्न नगरपालिकाले प्राथमिता दिएको बताए ।

प्रदेश नं ५ सरकारद्वारा गठित मदरसा बोर्डका उपाध्यक्ष मशहुद खाँ मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमि बारे उल्लेख गरे । समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले मातृभाषामा बोल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलकुमार शाही, नगरपालिकाका सल्लाहकार तुफेल अहमद खाँ, वडा नं ३ वडाध्यक्ष सगीर अहमद खाँ, वडा नं २ का वडाध्यक्ष सञ्जयकुमार गुप्तालगायतले भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय मदरसा सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले भाषा संरक्षणले मात्र सस्कृति बलियो हुने बताए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?