आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह

सारांश

  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्राण्ड एम्बासडर’ नियुक्त गरेको छ ।
  • सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बासडर नियुक्त गरिएको जानकारी दिएको हो ।
  • नयाँ पूस्तालाई बैंकप्रति आकर्षित गराउने मुख्य उद्देश्यले मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बासडर बनाएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्राण्ड एम्बासडर’ नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बासडर नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ पूस्तालाई बैंकप्रति आकर्षित गराउने मुख्य उद्देश्यले मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बासडर बनाएको बैंकले जनाएको छ ।

मिस नेपाललाई ब्राण्ड एम्बासडर नियुक्त गरेसँगै वाणिज्य बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्य सहज हुने प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । ब्राण्ड एम्बासडर नियुक्त भए पश्चात मिस नेपाल खतिवडाले देशकै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकसँग जोडिन पाउँदा गर्व लागेको बताइन् । उनले मिस नेपालबाट लिन सकिने फाइदा लिन वाण्ज्यि बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि दिइन् ।

५३ वर्ष अघि स्थापना भएको सो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले हालसम्म १ अरव १२ करोड खुद मुनाफा आर्जन गर्न पनि देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?