पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !

सारांश

  • जनकपुरधाम, ११ भदौ ।
  • भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
  • विदेह नगरपालिका– ७ बेलापट्टीका पण्डितलाई ‘फर्टिलिटी प्याटर्न अफ थारू कम्युनिटी’ विषयक अनुसन्धानका लागि विद्यावारिधि प्रदान गरिएको हो ।

जनकपुरधाम, ११ भदौ । भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ । विदेह नगरपालिका– ७ बेलापट्टीका पण्डितलाई ‘फर्टिलिटी प्याटर्न अफ थारू कम्युनिटी’ विषयक अनुसन्धानका लागि विद्यावारिधि प्रदान गरिएको हो । धनुषालाई मुख्य अध्ययन अनुसन्धानको केन्द्र बनाउँदै आउनुभएका उहाँले थारू समुदायको प्रजनन दरको अवस्था तथा उच्च प्रजनन दर घटाउने उपायबारे शोध गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट अवकाश प्राप्त पण्डित हाल पुस्तक लेखनमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?