सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।
  • कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ, २९ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।

कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उहाँले भन्नुभयो – “अहिले म सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको छु ।’’

मन्त्री बस्नेतले प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्छ ।”

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ । सूचना प्रविधि क्षेत्रमा आएका पछिल्ला विकासबारे जानकारी गराउन कमटेक आयोजना गरिएको क्यानका कार्यबाहक अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिनुभयो ।

कमटेकमा सूचना प्रविधिसँग सम्बन्धित करिब ९० कक्ष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन
विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
मन्त्रालय भागवण्डा टुंगाउन वाम गठबन्धन र फोरम नेताहरु आज वैठक बस्दै
पराजयको पीडाभन्दा पदको चिन्ता
पराजयको पीडाभन्दा पदको चिन्ता
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
आज सुनको मुल्य १ सयले बढ्यो
आज सुनको मुल्य १ सयले बढ्यो
सम्बन्धनभन्दा बढी मेडिकल कलेज धान्न सक्दैन
सम्बन्धनभन्दा बढी मेडिकल कलेज धान्न सक्दैन
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने