१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको इलाका प्रशासन कार्यालयमा काम गर्ने एक कम्युटर अपरेटरले १५ सय रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।
- इलाका प्रशासन कार्यालय, सिमरा बारामा काम गर्ने सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहले नागरिकता प्रमाणपत्र बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको इलाका प्रशासन कार्यालयमा काम गर्ने एक कम्युटर अपरेटरले १५ सय रुपैयाँ घुस लिएको भन्दै पक्राउ गरेको छ ।
इलाका प्रशासन कार्यालय, सिमरा बारामा काम गर्ने सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहले नागरिकता प्रमाणपत्र बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइएको छ । विभिन्न बहाना बनाई घुस मागेर नागरिकता नदिएको उजुरी परेप िअख्तियारको कार्यालय, हेटौंडाबाट टोली पुगेको थियो ।
अख्तियारको टोलीले राज्यनारायण साहलाई १ हजार ५ सय रुपैयाँ घुसबापत रकम लिइसकेको बेला बुधबार पक्रेको हो । पछिल्लो समयमा अख्तियारले घुस लिने कर्मचारीलाई पक्रन थालेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया