कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
  •   बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली विद्यार्थी संघको मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।  बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली विद्यार्थी संघको मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ। हालको कार्यसमितिको थपिएको अवधि पनि यही माघ २ गते सकिएको छ।
नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने छ। यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ। महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ।
यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ।
बिहीबारको बैठकको पहिलो मुद्दा नै नेविसंघको मौजुदा कार्यसमिति भविष्य निर्धारण गर्न केन्द्रित हुने छ । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ।
बैठक मुख्य रुपमा नयाँ विधानमा केन्द्रित रहने छ। गएको महासमिति बैठकमा पारित भएको विधानलाई अन्तिम रुप भने केन्द्रीय समितिबाट दिइने र कार्यान्वयनमा ल्याइने भएकाले महासमितिमा पारित भएजस्तै आउँछकी केही परिवर्तन भएर आउँछ भन्नेमा काँग्रेस कार्यकर्तामा उत्सुकता छ। खास गरी महाधिवेशन प्रतिनिधि बन्न बुथ समितिबाटै निर्वाचित हुनुपर्ने वा केन्द्रीय सदस्यहरु सोझै महाधिवेशन प्रतिनिधि हुने भन्ने विषयमा अन्योल छ ।
महासमिति बैठकमा जिल्ला सभापतिहरुले महाधिवेशन प्रतिनिधिहरु वुथबाटै निर्वाचित हुनुपर्ने अडान राखेपछि सभापति देउवाले त्यसैअनुसार विधानमा व्यवस्था गरिने बताएका थिए।
तर, केन्द्रीय सदस्यहरु आफैलाई अप्ठ्यारो हुने गरि निर्णय गर्न कत्तिको तयार हुन्छन् त्यो भने हेर्न बाँकी नै छ। यो विषय सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षभन्दा पनि केन्द्रीय सदस्यहरु सबै एकमत हुने सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

तपाईंले छुटाउनुभयो कि?