आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…

सारांश

  • ९१० नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीवीच हुने पारस्परिक सहयोग सम्बन्धमा छलफल काठमाडौं, २२ पुस,नेपाल पूर्व प्रहरी संगठन धापासीद्वारा आयोजित “नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीवीच हुने पारस्परिक सहयोगू सम्बन्धमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा उक्त संगठनको कार्यालय धापासीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
  • कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायमा भएका श्रोत साधनलाई संस्थागत रुपमा प्रयोग गरी समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पूर्व प्रहरी कर्मचारीहरूको सीप, ज्ञान, कौशललाई उचित प्रयोग गर्न सकिने चर्चा गर्दै पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

९१० नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीवीच हुने पारस्परिक सहयोग सम्बन्धमा छलफल

काठमाडौं, २२ पुस,नेपाल पूर्व प्रहरी संगठन धापासीद्वारा आयोजित “नेपाल पूर्व प्रहरी संगठन र नेपाल प्रहरीवीच हुने पारस्परिक सहयोगू सम्बन्धमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा उक्त संगठनको कार्यालय धापासीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायमा भएका श्रोत साधनलाई संस्थागत रुपमा प्रयोग गरी समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पूर्व प्रहरी कर्मचारीहरूको सीप, ज्ञान, कौशललाई उचित प्रयोग गर्न सकिने चर्चा गर्दै पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह गर्नुभयो । साझेदारी कार्यक्रममा पूर्व प्रहरीले समेत नेतृत्वदायि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनलाई नमूना संगठन बनाउन आफू लागि परेको र कानुन कार्यान्वयन सम्बन्धमा कहिंकतै नचुक्ने उल्लेख गर्दै यसका लागि पूर्व प्रहरीको सदासयता आवश्यक रहेको बताउनुभयो । प्रहरीलाई कुनै पनि हालतमा कमजोर हुन नदिन आफूले गरेका उल्लेखनीय कामको उहाँले चर्चा गर्नुभयो । पूर्व प्रहरी संगठनका उपयुक्त सुझावलाई प्रहरी संगठनले आत्मसात गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा प्रहरी महानिरीक्षक खनाल समक्ष नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुँवरले संगठनको तर्फबाट विभिन्न सरोकार तथा अपेक्षा सम्बन्धमा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, सो संगठनका पदाधिकारीहरु तथा संगठनका सातवटै प्रदेशका संयोजकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा आपसी सहयोग र समन्वय सम्बन्धमा छलफल भएको थियो ।

९२० अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं, २२ पुस,काठमाडौं महानगरपालिका(१६ नयाँबसपार्कस्थित सडक किनारबाट दाङ घोराही उपमहानगरपालिका(८ बनगाउँका ४२ वर्षीय भानुदत्त खनाललाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोट्श्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो ।
यसैगरी काठमाडौं महानगरपालिका(१५ स्बयम्भुस्थित सडक किनारबाट नागार्जुन नगरपालिका(५ का २६ बर्षीय संजय बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोट्श्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो ।
क्रमशस्

सुनसरी धरान उपमहानगरपालिका(८ तिनकुने चोकबाट रामधुनी नगरपालिका(५ बस्ने ४१ वर्षीय निर्मलकुमार श्रेष्ठलाई नियन्त्रित लागूऔषध नाईट्रोसन २० एम्पुल, स्पास्मोप्रोक्सीभन ४८ एम्पुल, डाईलेक्स डिसी १८ बोतल सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईटहरीबाट धरानतर्फ जाँदै गरेको को।२६ प ९४९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक निर्मललाई लुकाई(छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९३० अबैध रुपमा हुण्डी कारोवार गर्ने पक्राउ 

धनुषा, २२ पुस,जनकपुर उपमहानगरपालिका(११ किशोरीनगरस्थित रामेश्वर साहको घरबाट अबैध हुण्डी कारोवार गर्ने ४ जनालाई नगद ८३ लाख ५७ हजार रुपैयाँ, विभिन्न बैंङ्कका चेक ३० थान, बैंङ्कको भौचरहरु, हुण्डी कारोवारको लागि प्रयोग भएका हिसाव खाताहरु र ६ थान मोबाईल फोन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त कार्यमा संलग्न भारत मधुबनी बासोपट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, सोही ठाउँ बस्ने ४० वर्षीय नरेश महतो र जनकपुर उपमहानगरपालिका(१९ बस्ने विजय यादव समेतका ४ जना रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९४० जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बर्दिया, २२ पुस,गेरुवा गाउँपालिका(२ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका(१ बस्ने २४ वर्षीय गणेशबहादुर हमाल र सोही गाउँपालिका(२ बस्ने २९ वर्षीय कृष्ण सोनाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९५० विभिन्न धनमाल चोरी 

भक्तपुर, २२ पुस,मध्यपुर ठिमी नगरपालिका(९ निकोसेरा ढुङ्गेधारास्थित पुण्यप्रसाद पाठकको होम फ्रेस स्टोर किराना पसलबाट ताला फोडेर नगद तथा पसलको सर(सामान गरी करिब २ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९६० सवारी दुर्घटनामा मृत्यु 

नबलपरासी९पश्चिम०, २२ पुस,बर्दघाट नगरपालिका(४ स्थित महेन्द्र राजमार्गमा लु।२ ख १३६ नम्बरको बसले आइतबार दिउसो साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकल चालक भारत घर भएका २५ वर्षीय झल्लार पाण्डेको चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही ठाउँ घर भएका १८ वर्षीय मिथुन पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ । बस सहित बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।

९७० आगलागीबाट मृत्यु तथा धनमाल नष्ट 

काठमाडौं, २२ पुस,झापामा आगलागीबाट जलेर १ जनाको मृत्यु भएको छ । तनहुँ, धनकुटा र मकवानपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
क्रमशस्

झापा गौरीगंज गाउँपालिका(२ हेमनाडाँगी बस्ने ४५ वर्षीया सुनिता टुडुलेको घरमा शनिबार बेलुका टुकी बत्तीबाट आगो सल्किएर ओछ्यानमा आगलागी हुदाँ बरण्डामा सुतिरहेकी उनको उक्त आगोबाट जलेर मृत्यु भएको छ ।
तनहुँ ब्यास नगरपालिका(४ स्थित बेतल मल्टी प्रपोज कम्पनी प्रालि नामको सिरक डस्ना उद्योगमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा विभिन्न सर(सामान जलेर करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनकुटा सागुरिगढी गाउँपालिका(३ बस्ने पुर्णबहादुर युवाङ लिम्बुको कुखुराको खोरमा चल्लालाई तातो बनाउन बालेको आगोबाट आगो सल्किएर आइतबार दिउसो आगलागी हुँदा कुखुराको फर्म, घर र सर(सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर कैलाश गाउँपालिका(३ घुमाउने बस्ने ४५ वर्षीय बुद्धिबहादुर थिङको कुखुराको पोल्टी फर्ममा ग्याँस लिक भई आइतबार दिउसो आगलागी हुँदा फर्म र ५ सय वटा कुखुरा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?