संसद बैठक बस्दै, १३ विधेयक कुन–कुन मन्त्रीले पेश गर्दैछन् ?
सारांश
- काठमाडौं ।
- व्यवस्थापिका संसद बैठक दिउँसो १ बजे बस्दैछ ।
- बुधबार (आज) बस्ने संसद बैठकमा महत्वपूर्ण १३ वटा विधेयक पेश गर्ने कार्यसुची रहेको छ ।
काठमाडौं । व्यवस्थापिका संसद बैठक दिउँसो १ बजे बस्दैछ । बुधबार (आज) बस्ने संसद बैठकमा महत्वपूर्ण १३ वटा विधेयक पेश गर्ने कार्यसुची रहेको छ ।
व्यवसथापिका संसदका महासचिव मनोहर प्रसाद भटराइका अनुसार उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । गच्छदारले सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मधेसी आयोग विधेयक २०७३ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तथा मधेशी आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको थारु आयोग विधेयक, २०७३ माथि छलफल र थारु आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मुस्लिम आयोग विधेयक, २०७३ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुकासाथै मुस्लिम आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरि कानून , न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
विधायन समितिको प्रतिवेदन सहितको अपराधसंहिता विधेयक २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कार्यविधि संहिता विधेयक, २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र फौजदारी कार्यविधि संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संसद सचिवालयका अनुसार विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन विधेयक, २०७३ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया