कर्मचारी समायोजनलगत्तै प्रदेश आफैंले भर्ना गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कर्मचारी समायोजनलगत्तै प्रदेश आफैंले भर्ना गर्ने

सारांश

  • सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने भएको छ ।
  • यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।
  • राष्ट्रिय सभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ ।

सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने भएको छ ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । राष्ट्रिय सभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश लोकसेवा आयोगको मापदण्डसम्बन्धी विधेयकलाई स्वीकृत गराइ प्रदेशमा पठाउने तयारी गरिएको जानकारी दिएको छ । संसद्ले सो विधेयक स्वीकृत गर्नासाथ सातै प्रदेशलाई प्रदेश लोकसेवा आयोग गठन गर्ने बाटो खुल्नेछ ।

संविधानले प्रदेश लोकसेवा आयोग गठनका लागि आवश्यक पर्ने आधार र मापदण्डसम्बन्धी कानुन बनाउने अधिकार केन्द्रीय सरकारलाई दिएको छ । प्रदेश सरकारले केन्द्रले बनाएको सो आधार र मापदण्डभित्र रहेर प्रदेश लोकसेवा गठन गरी सोका लागि आवश्यक पर्ने कानुन बनाउनुपर्नेछ ।

प्रदेश लोकसेवा आयोगमा प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी तथा प्रहरी छनोट गरी नियुक्तिको सिफारिस गर्ने अधिकार निहित हुनेछ ।

सरकारले थालेको कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएसँगै प्रदेश सरकारले अब प्रदेशमा रिक्त रहने कर्मचारी भर्ना आफैं थाल्नेछन् ।

सरकारद्वारा स्वीकृत गरी संसद्मा दर्ता गर्ने निर्णय गरिएको प्रदेश लोकसेवा आयोगको प्रस्तावित विधेयकमा प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था, प्रदेशका अन्य सरकारी सेवा र स्थानीय सेवामा आवश्यक कर्मचारी छनोट गर्ने जिम्मेवारी प्रदेश लोकसेवा आयोगको हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
तदर्थवादमै बजेट
तदर्थवादमै बजेट
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
प्रदेश २: राउत र यादवको  मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
प्रदेश २: राउत र यादवको मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?

तपाईंले छुटाउनुभयो कि?