त्रिकोणात्मक शृङ्खलाको उपाधि नेपाल र नेदरल्याण्डलाई !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
त्रिकोणात्मक शृङ्खलाको उपाधि नेपाल र नेदरल्याण्डलाई !

सारांश

  • काठमाडौँ, १४ साउन ।
  • एमसिसि(मेरिलबन क्रिकेट क्लब)को आयोजनामा भएको त्रिकोणात्मक टि–ट्वान्टि प्रतियोगिताको उपाधि नेपाल र नेदरल्याण्डले बाँडेका छन् ।
  • निर्णायक अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि उपाधि बाँड्नु परेको हो ।

काठमाडौँ, १४ साउन । एमसिसि(मेरिलबन क्रिकेट क्लब)को आयोजनामा भएको त्रिकोणात्मक टि–ट्वान्टि प्रतियोगिताको उपाधि नेपाल र नेदरल्याण्डले बाँडेका छन् । निर्णायक अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि उपाधि बाँड्नु परेको हो ।

एकै दिनमा सकिएको उक्त प्रतियोगिताको पहिलो खेल नेदरल्याण्ड र एमसिसिका बिच थियो । जुन खेलमा नेदरल्याण्ड विजयी भयो । एमसिसि र नेपालका बिचको खेलमा पनि पानीले अवरोध पु¥याएपछि खेल छोट्याएर ६ ओभरमा झारिएको थियो जुन नेपालले ९ विकेटले जित्न सफल भयो। एमसिसिले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो । ४१ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेट गुमाएर ४.४ ओभरमै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

एमसिसि विरुद्धको खेल सकिए लगत्तै नेपाली टोलि नेदरल्याण्डसँग खेल्न मैदानमा उत्रिएको थियो । जसमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । १७ औँ ओभरमा वर्षाका कारण खेल रोकिनु पूर्व नेदरल्याण्डले राम्रो ब्याटिङ् गर्दै ४ विकेटको क्षतिमा १७४ रन बनायो । त्यसपछि खेल पुनः सुचारु हुन सकेन ।

दुवै टोलिले एक एक खेल जिते पछि उपाधि बाँड्नु परेको थियो ।  यस लगत्तै नेपाली टोलि ऐतिहासिक एकदिवसिय शृङ्खलाका लागि नेदरल्याण्ड प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा
#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?