देवः विकास बैंकमा नयाँ अध्यक्ष

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
देवः विकास बैंकमा नयाँ अध्यक्ष

सारांश

  • काठमाडौं ।
  • देवः विकास बैंक लि।
  • को सञ्चालक समितिको बैठकबाट समितिका सदस्य बज्र गुरुङ्गलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरिएको छ ।

काठमाडौं । देवः विकास बैंक लि।को सञ्चालक समितिको बैठकबाट समितिका सदस्य बज्र गुरुङ्गलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरिएको छ ।

 

नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गले भाटभटेनी सुपर मार्केटस् एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गर्दछन् । गुरुङ्ग २०६५ चैत्र २७ गतेदेखि यस बैंकको सञ्चालक समितिका सदस्यमा पद रहेका थिए ।

 

नवनियुक्त अध्यक्षज्यूलाई नेपाल राष्ट्र बैंकमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

यस अधि सोही बैठकबाट प्रा.डा सुवर्ण लाल बज्राचार्याले सञ्चालक समितिको अध्यक्ष पदबाट दिएकोे राजीनामा स्वीकृत गरिएको थियो भने महेश प्रधानले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?