बझाङ,बाँके,डडेलधुरा,नेपालगन्ज,कञ्चनपुर को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बझाङ,बाँके,डडेलधुरा,नेपालगन्ज,कञ्चनपुर को ताजा पारीणाम

सारांश

  • बझाङको मष्टा गाउँपालिका विवाद, १७ मतपत्रमा अधिकृतको सही भेटिएन बझाङको मष्टा गाउँपालिका ५ को मतगणना स्थगित भएको छ ।
  • गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो ।
  • मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् ।

बझाङको मष्टा गाउँपालिका विवाद, १७ मतपत्रमा अधिकृतको सही भेटिएन

बझाङको मष्टा गाउँपालिका ५ को मतगणना स्थगित भएको छ ।

गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् । समस्या समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बाँकेमा कोहलपुर बाहेक सबै स्थानीय तहमा मतगणना सुरु

बाँकेको कोहलपुर नगरपालिका बाहेकका सबै स्थानीय तहमा मतगणना सुरु भएको छ । नेपालगन्ज उपमहागरपालिका १ र २३ बाट गणना सुरु भएको हो ।

नेपालगञ्जमा झन्डै ४९ हजार मतदाताले मतदान गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाका ६ वडा मध्ये १, २, ३ र ४ को एकसाथ गणना कार्य सुरु भएको छ । बाँकेका ८ वटा स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको रातीदेखि नै मतदान जारी छ । डुडुवामा वडा नम्बर–१ होलियाको झण्डै ६ सय मत गणना हुँदा फोरम नेपालका विजयी यादव २ सय ४३ र नेपाली कांग्रेसका पप्पु चौधरीको २ सय ७ मत छ ।

यस्तै बैजनाथ गाउँपालिका–१ बाट गणना सुरु भएको छ । खजुरा र जानकी गाउँपालिकामा, सोनारी गाउँपालिकामा पनि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरमा भने बिहीबार १ बजेपछि मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसको अग्रता

 प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको क्षेत्र डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मतगणनामा काग्रेसले १४९, एमालेले ३५ र माओवादी केन्द्रले ९ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा कांग्रेसले १४७, एमालेले ३८ र माओवाले ८ मत ल्याउने भएको छ ।

 नरैनापुरमा फोरमको अग्रता

बाँकेको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । ३ सय मत गणना हुँदा संघीय समाजवादी फोरम नेपालबाट अध्यक्षका उम्मेदवार १ सय ३२ मत ल्याएर अग्रता कायम गरेको हो । फोरमलाई एमालेले ५८ मत सहित पछ्याइरहेको छ ।
नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसले ३८ मत र नेकपा माओवादी केन्द्रले २९ मत ल्याएको निर्वाचन अधिकृत गोरखबहादुर थापाले बताउनुभयो । नरैनापुरसँगै बाँकेमा प्रारम्भिक नतिजा सार्वजनिक भएका दुई गाउँपालिकामा फोरमले अग्रता लिएको छ ।

डडुवामा पनि फोरमको अग्रता कायमै रहेको छ । डडुवामाअ फोरमको २ सय ४३ मत र नेपाली कांग्रेसको २ सय ७ मत आएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता

 कञ्चनपुरको भीमदत्त नगरपालिकामा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका पदम बोगटीले २८ मत ल्याउनु भएको छ । एमालेका सुरेन्द्र बिष्टले १८ र माओबादी केन्द्रका गोपाल रसाइलीले ३ मत ल्याउनु भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका शुशिला चन्दले २७, एमालेका माया जोशीले १६, माओवादी केन्द्रका नारु सिंहले २ र राप्रपाका खन्जर देवी कुँवरले २ मत ल्याउनु भएको छ ।

बेदकोट नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अशोक चन्दले ३० मत ल्याउनु भएको छ । यस्तै माओवादी केन्द्रका मिनराज गिरीले २६ र कांग्रेसका भोजराज बोहराले १९ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेले ३१, माओवादी केन्द्रका २८ र कांग्रेसले १८ मत ल्याएको छ ।

बझाङको मष्टा गाउँपालिका १ र ७ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी

बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्रबहादुर खड्का अध्यक्षमा विजयी हुनुभएको छ । यस्तै वडा नम्बर ७ मा एमालेका बमबहादुर बोहराको प्यानल नै विजयी भएको छ ।

वडा नम्बर ५ को मतगणना भने स्थगित भएको छ । गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् । समस्या समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?