टेलिकमको सूचना प्रविधि दिवस अफर

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
४९ पटक हेरिएको
Shares
टेलिकमको सूचना प्रविधि दिवस अफर

सारांश

  • काठमाडौं ।
  • नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।
  • दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।

यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा, एक सय ९९ मा सात दिन चलाउन सकिने १३ जिबी डाटा, दुई सय ९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र तीन सय ९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?