फेरि अनशन बस्ने डा. केसीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फेरि अनशन बस्ने डा. केसीको चेतावनी

सारांश

  • डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारमा सरकार उदासिन भएको भन्दै फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
  • शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दे डाक्टर केसीले तीन बुँदे माग अघि सार्दै आगामी पुस २ गतेभित्र माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका हुन् ।
  • उनले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरी मुद्दा चलाइनुपर्ने माग अघि सारेका छन् ।

डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारमा सरकार उदासिन भएको भन्दै फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दे डाक्टर केसीले तीन बुँदे माग अघि सार्दै आगामी पुस २ गतेभित्र माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरी मुद्दा चलाइनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै, डाक्टर केसीले सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग पनि अघि सारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?