फेसबुकमा चरित्रहत्या गरेको भन्दै नवीना लामाद्वारा प्रहरीमा उजुरी !
सारांश
- काठमाडाै, २३ जेठ ।
- पेट्रालियम पदार्थको मूल्यबृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्।
- नक्कली फेसबुक आईडी बनाएर जभाभावी लेखी त्यसको स्क्रिनसट लिएर आफ्नो बेइज्जत गरिएको उनको भनाई छ।
काठमाडाै, २३ जेठ । पेट्रालियम पदार्थको मूल्यबृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्।
नक्कली फेसबुक आईडी बनाएर जभाभावी लेखी त्यसको स्क्रिनसट लिएर आफ्नो बेइज्जत गरिएको उनको भनाई छ। पेट्रोलियम पदार्थको मूल्यबृद्धिमा केही नबोलेको भन्दै उनीमाथि सामाजिक सञ्जालम आलोचना भइरहेको छ। केहीले नक्कली फेसबुक आईडी बनाएर जभाभावी च्याट गरेर त्यसको फोटो राखी प्रचार गरीरहेको लामाको भनाई छ। त्यसविरुद्ध साइबर क्राइम मुद्दामा आफुले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको उनले बताइन्।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिका लाथि आपुर्ती मन्त्री मात्रिकाप्रसाद यादबलाई ज्ञापनपत्र समेत बुझाइसकिएको उनको भनाई छ। तर, राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्रिहरुले आफ्नो चरित्रहत्याको प्रयास गरेको लामा बताउँछिन्।
सो विषयमा उनले फसबुकमा लेखेकी छिन्–
प्रिय साथीहरू,पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्रहत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्कृनसट गरि राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको सदुपयोगमा जहिले पनि साबधानी अपनाउदै आएको छु। म बाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिबिधिमा संलग्न जो कोहि उपर पनि कानुनी कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छु।

Ganesh Baral
Aafu le pani aaru lai gali garda kasto hunxa aaru ko maan aaja kasai le gali garda aafu lai kasto hudo rahixa tha vo
Basu Adhikari
Testo manxe lai shut
Sangam Basnet
प्रमाण नै छ के गर्ने
Tilak KC
जस्ताे देखिन्छ त्यस्तै भन्छन।
Ganesh Rijal
बाेलने बेलामा थाहा नपाउने अहिले दाेस दिने।१ रुपैयाँ बढेकोमा रत्नपार्कमा पुलिस सँग भिडेका हाै नि।
Radhe Shyam Machamasi
Hahaha what a jok
Ganesh Shrestha
ल त्यो त ठिकै छ माने मैले ।गणतान्त्रिक र कट्टर कम्युनिष्ट को भन्ने अनि बिहेको पार्टि चाहि आर्मि अफिसर्स कल्बमा ?