आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना

सारांश

  • काठमाडौं ।
  • भोजपुर जिल्ला अदालतले एक पुरुषलाई आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको भन्दै ६ महिना कैद सजाय सुनाएको छ ।
  • कुनैपनि श्रीमतीको इच्छा नहुँदा नहुँदै श्रीमानले जर्बजस्तीकरणी गरेको खण्डमा उजुरी दिनपाउने कानुनी व्यवस्था छ ।

काठमाडौं । भोजपुर जिल्ला अदालतले एक पुरुषलाई आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको भन्दै ६ महिना कैद सजाय सुनाएको छ ।

कुनैपनि श्रीमतीको इच्छा नहुँदा नहुँदै श्रीमानले जर्बजस्तीकरणी गरेको खण्डमा उजुरी दिनपाउने कानुनी व्यवस्था छ । त्यही कानुनी व्यवस्था अनुसार उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्ने हेटौँडा, मकवानपुरका ३० वर्षीय अनिल तामाङलाई ६ महिना कैद, र रु ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले नयाँ कानुन अनुसार श्रीमतीलाई पनि जर्बजस्ती गर्न नपाइने व्यवस्था अनुसार फैसला गरेको हो । मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?