एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३७ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १९ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३७ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १९ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १६ हजार ५ सय ९८ जनाको पिसीआर परिक्षणमा ३७ सय ४९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ३५ जना ६४ कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८४ हजार ५ सय १८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १६९२ जना र ललितपुरका १०८ जना र भक्तपुरका १३४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?