साल्ट ट्रेडिङ पोखराबाट आठ करोडको कारोवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
साल्ट ट्रेडिङ पोखराबाट आठ करोडको कारोवार

सारांश

  • काठमाडौँ,२५ पुस ।
  • साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ ।
  • उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराउनुभयो ।

काठमाडौँ,२५ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ ।उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराउनुभयो ।

सोमध्ये सबैभन्दा धेरै नूनको कारोवार भएको छ । सो अवधिमा रु सात करोड ३२ लाख ११ हजार ९६५ मूल्य बराबरको ८९ हजार २८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत रु ६ करोड २१ लाख ८३ हजार २९० मूल्य बराबरको ६७ हजार २२८ बोरा आयोनून र रु एक करोड १० लाख २८ हजार ६७५ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ ।

साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले रु १६ लाख ५६ हजार ३४२ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै रु एक लाख तीन हजार ३१८ मूल्य बराबरको १५० बोरा चोकर र मैदा साथै रु ८१ हजार मूल्य बराबरको पिठो बिक्री भएको छ ।

त्यस्तै, रु चार लाख ६९ हजार ३०७ मूल्य बराबरको सूर्यमुखी तेल र चार हजार ४६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट रु चार लाख नौ हजार २०३ मूल्य बराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
झोलुङ्गे पुलले यात्रामा सहज
झोलुङ्गे पुलले यात्रामा सहज
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
आफ्नै निर्णयबाट पछि हट्दै सरकार !
आफ्नै निर्णयबाट पछि हट्दै सरकार !
काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए
नेपालमा भएको यो खराब काममा भारतीय नागरिकहरु अगाडि
नेपालमा भएको यो खराब काममा भारतीय नागरिकहरु अगाडि

तपाईंले छुटाउनुभयो कि?