क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना

सारांश

  • काठमाडौं ।
  • विशेष अदालतले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ ।
  • विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले एक वर्ष कैद र १ करोड १८ लाख ६६ हजार जरिवाना फैसला गरेको छ ।

काठमाडौं । विशेष अदालतले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तत्कालीन अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले एक वर्ष कैद र १ करोड १८ लाख ६६ हजार जरिवाना फैसला गरेको छ ।

डाक्टर श्रेष्ठ भरतपपुर क्यान्सर अस्पतालको अध्यक्ष भएर काम गर्दा स्रोत नखुलेको सम्पत्ति देखिएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्ष अघि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले १ करोड ६७ लाख ५७ हजार स्रोत नखुलेको गैरकानुनी सम्पत्ति कमाएको मागदाबी सहित २०७२ फागुन २ गते आरोपपत्र दर्ता गरेको थियो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।

डाक्टर श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)
होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
चन्द्रौटामा ७६ जनाले गरे रक्तदान
चन्द्रौटामा ७६ जनाले गरे रक्तदान
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम

तपाईंले छुटाउनुभयो कि?