सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
सारांश
- अस्बीन खडका, २० बैशाख।
- सिन्धुलीका लेखा अधिकृत पक्राउ परे संगै उनकाे अार्थिक अवस्थामाथी छानबिन सुरू भएकाे छ ।
- कटारी नगरपालिकामा कार्यरत लेखा अधिकृत रबिन्द्र चन्द् ढकालले भ्रष्टाचार गरेको सूचना पाएपछि अख्तियारले वैशाख १२ गते ज्ञानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको थियाे।
अस्बीन खडका, २० बैशाख। सिन्धुलीका लेखा अधिकृत पक्राउ परे संगै उनकाे अार्थिक अवस्थामाथी छानबिन सुरू भएकाे छ ।
कटारी नगरपालिकामा कार्यरत लेखा अधिकृत रबिन्द्र चन्द् ढकालले भ्रष्टाचार गरेको सूचना पाएपछि अख्तियारले वैशाख १२ गते ज्ञानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको थियाे।
उनिमाथि वृद्धवृद्धा, एकल महिला, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गरेकाे अाराेप छ ।
लेखा अधिकृत रबिन्द्र चन्द्र ढकाल सामान्य आर्थिक अवस्था भएको परिवारका भएका ब्यक्ति हुन । तर सरकारी लेखा सेवा प्रवेशको दुई वर्षमै करोडौं रकम देखिएपछि उनीमाथि छानबिन सुरु भएको हो।
आर्थिक वर्ष ०७४ र ७५ मा सामाजिक सुरक्षालगायत अन्य शीर्षकमा विनियोजित बजेटमा ठूलो घोटाला भएको रकम ढकालले आफु र आफन्तको नाममा राखेको आशंका अख्तियारको छ।
अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार कटारीमा सरुवा भएको डेढ दुई महिना मा मात्र नगरपालिकाको चार करोड रुपैयाँ अधिकृत ढकालको निजी खातामा देखिएको हाे।
आफ्नी पत्नीलाई बक्स दिएको भनिएको काठमाडौं ज्ञानेश्वरको बहुमूल्य जग्गाबारे पनि शंका उत्पन्न भएपछि छानबिन सुरु भएको छ।
कोष तथा लेखानियन्त्रक कार्यालयमार्फत कटारी नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा निकासा भएको रकम ढकालले व्यक्तिगत खाताहरूमा स्थानान्तरण गरेको भेटिएको हो।
उनलार्इ अदालतबाट १० दिनको थुना अनुमति लिएर छानबिन भइरहेको छ। ढकालले विभिन्न सहरमा खरिद गरेको करोडौंको जग्गाको चर्चा सुनेर अख्तियारका अधिकारी समेत छक्क परेका छन्।
प्रतिक्रिया