विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
सारांश
- विराटनगर ।
- विराटनगर महानगरपालिकाको मतगणना सुरु गर्ने तयारी गरिरहँदा एउटा दुर्घटना भएको छ ।
- मतगणनाको तयारी भैरहँदा आदर्श उच्च माविको हलमा एक्कासि विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीहरुको भागाभाग समेत भएको छ ।
विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु गर्ने तयारी गरिरहँदा एउटा दुर्घटना भएको छ । मतगणनाको तयारी भैरहँदा आदर्श उच्च माविको हलमा एक्कासि विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीहरुको भागाभाग समेत भएको छ । विद्युत सर्ट भएपछि ठूलो आवाज आएको र धुँवाको मुस्लो समेत निस्किएको थियो । सो घटना हुने वित्तिक्कै सबै जना हल बाहिर निस्किएको जनाइएको छ । विद्युत सर्ट भएपनि मतपेटिका भने सुरक्षित रहेको बताइएको छ । अहिले स्थिति सामान्य भइसकेको र मतगणना गर्ने तयारी भैरहेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया