सकियो नेविसंघ कार्यसमितिको म्याद

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
३० पटक हेरिएको
Shares
सकियो नेविसंघ कार्यसमितिको म्याद

सारांश

  • नेपाल विद्यार्थी संघको कार्यसमितिको म्याद आजबाट सकिएको छ ।
  • नेपाली कांग्रेसले दोस्रो पटक दुई महिनाका लागि थपेको कार्यसमितिको म्याद आजबाट सकिएको हो ।
  • विधानमा एक पटक मात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि महाधिवेशन हुन नसकेपछि विधान विपरित राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो ।

नेपाल विद्यार्थी संघको कार्यसमितिको म्याद आजबाट सकिएको छ । नेपाली कांग्रेसले दोस्रो पटक दुई महिनाका लागि थपेको कार्यसमितिको म्याद आजबाट सकिएको हो । विधानमा एक पटक मात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि महाधिवेशन हुन नसकेपछि विधान विपरित राजनीतिक निर्णय भन्दै फेरी दुई महिना म्याद थपिएको थियो ।

थपिएको समयसीमा भित्र पनि महाधिवेशन हुन सकेन । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले यसअघि नै राजीनामा दिइसकेका छन् ।

संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुई वटा विकल्पमध्ये अधिकांश नेताहरु समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएको भन्दै तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।

अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप शुरु गरेका छन् ।

सभापति देउवानिकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् ।

त्यसैगरी सिटौला पक्षबाट सुशील भटट्, बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।

त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?