अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४३ पटक हेरिएको
Shares
अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु

सारांश

  • जोहानेसवर्ग ।
  • दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
  • उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।

जोहानेसवर्ग । दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।

क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।

दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
मंसिर २१ गते आइतवारको राशिफल यस्तो छ
मंसिर २१ गते आइतवारको राशिफल यस्तो छ
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
यही १३ गते सार्वजनिक बिदा
यही १३ गते सार्वजनिक बिदा