एमाले सचिवालय बैठक बस्दै, दबावमा ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक बस्दै, दबावमा ओली

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।
  • यसअघि शनिबारको लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो ।

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ। यसअघि शनिबारको लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो । बैठक ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ।

 

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। बैठकले महाधिवेशनको माध्यमबाट पार्टीलाई नयाँ ढङ्गले अगाडि लैजाने निष्कर्ष निकालेको थियो। आजको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले मुलुकको समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन् ।

 

बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौंमा बस्दै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?