सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतको आदेशपछि चौधरी ग्रुपको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ ।
  • प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सिजी टेलिकम सञ्चालन गर्न यसअघि दिएको अनुमति बदर गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि चौधरी ग्रुपको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सिजी टेलिकम सञ्चालन गर्न यसअघि दिएको अनुमति बदर गरेको हो । गत पुस १० गते न्यायाधीश दीपकराज जोशीले जारी गरेको अन्तरिम आदेश खारेजी गर्ने निर्णय गरेपछि सो टेलिकम सञ्चालन नहुने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले चौधरी ग्रुपको लगानीमा रहेको सिजी कम्युनिकेशन प्रालिलाई सञ्चालन गर्न दिन नहुने भन्दै अन्तरिम आदेश खारेजीको माग गर्दै गत पुस २४ गते ‘भ्याकेट’ निवेदन दर्ता गरेका थिए ।

निवेदनमा कानूनी तथा तथ्यगत अवस्था नभएकाले अन्तरिम आदेश जारी हुन सक्ने अवस्था नरहेको र प्राधिकरणलाई सुनुवाइको मौका नै नदिइ एकपक्षीय सुनुवाइ गरी जारी गरिएको आदेश गलत तथ्यमा आधारित, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गरिएको थियो । प्राधिकरणले सिजीले कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरेको उल्लेख गर्दै मोबाइल सेवा सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

निवेदनमा सिजीले पूर्वाञ्चल विकास क्षेत्रमा दूरसञ्चार सेवा नपुगेका १६ जिल्लाका तत्कालीन ५३४ गाविसमा सेवा सञ्चालन गर्न विसं २०६० मङ्सिरमा ग्रामीण दूरसञ्चारको अनुमति लिएको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?