जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
सारांश
- निर्मलाको मृत शरीर उखुबारीमा फेला प-यो ।
- उनको शरीर भिजेको थियो ।
- एउटा चप्पल पनि त्यही भेटियो ।
निर्मलाको मृत शरीर उखुबारीमा फेला प-यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक ।
घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्माणको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ?
कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।
निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुलुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो । यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो ।
त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।
खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Ganesh Pantha
Poice ko samlagnata cha ra sathi haru ko yojana