कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली

सारांश

  • बुटवल ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई देखाएर दुई नम्बर प्रदेशको चुनाव सारेको आरोप लगाएका छन् ।
  • आइतबार बुटवलमा आयोजित एमालेको बृहत प्रचार सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई देखाएर दुई नम्बर प्रदेशको चुनाव सारेको आरोप लगाएका छन् । आइतबार बुटवलमा आयोजित एमालेको बृहत प्रचार सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री बनेको पटक गनेर हुन्छ, अर्थ के छ र ?’ अध्यक्ष ओलीले नेपाली कांग्रेसको बैंस हराईसकेको र अब उसले केही गर्न नसक्ने बताए ।

चुनावमा देखिएको कांग्रेस–माओवादीको एकतालाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै ओलीले कांग्रेस पाटपुर्जा जोडेको पुरानो गाडी भएकोले आफुहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे । ओलीले एमालेलाई नयाँ गाडीको संज्ञा समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?