पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्

सारांश

  • पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन् अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी भएको मिडियाले उल्लेख गरिरहेका छन् ।
  • उनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत प्राप्त गरिसकेको खबर छ ।
  • यसलगत्तै विश्वका कतिपय नेताहरुले वाइडेनलाई बधाई दिइसकेका छन् ।

पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी भएको मिडियाले उल्लेख गरिरहेका छन् । उनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत प्राप्त गरिसकेको खबर छ । यसलगत्तै विश्वका कतिपय नेताहरुले वाइडेनलाई बधाई दिइसकेका छन् ।

अमेरिकी निर्वाचनसम्बन्धी निकायले वाइडेनलाई विजयी घोषित गरिसकेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् । यस अवस्थामा विश्वका शक्तिशाली नेताहरुले वाइडेनलाई बधाई दिएका छैनन् ।

वाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छैनन् । पुटिनमाथि सन् २०१६ को चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लागेको थियो । उनी ट्रम्पलाई बधाई दिने पहिलो विदेशी नेता थिए । ट्रम्पले वाइडेनको मतलाई कानुनी रुपमा चुनौती दिएकाले क्रेमलिनले तत्काल प्रतिक्रिया नजनाएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि वाइडेनलाई बधाई दिएका छैनन् । यसअघि ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदा दोस्रो दिन नै बधाई दिएका थिए ।

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले पनि वाइडेनलाई बधाई दिइसकेका छैनन् । उनी ट्रम्पका नजिकका मित्र हुन् । कोरोना भाइरसलाई ट्रम्पले जस्तै हल्का रुपमा लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने
तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
श्रीमती गिन्नीसँग स्टेजमा उभिएका बेला कपिल शर्माको गालामा अरुले नै किस गरेपछि…
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस
यतिसम्म सुविधासम्पन्न छ सलमानको वेनिटी भ्यान
यतिसम्म सुविधासम्पन्न छ सलमानको वेनिटी भ्यान
ट्रम्प र पाेर्न स्टार स्टर्मिकाे सम्बन्ध उनका वकिलका लागि घातक !
ट्रम्प र पाेर्न स्टार स्टर्मिकाे सम्बन्ध उनका वकिलका लागि घातक !