ओखलढुंगा,रोल्पा को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम

सारांश

  • ओखलढुंगामा माओवादी केन्द्रले खाता खोल्यो, एउटा वडामा विजयी ओखलढुंगामा माओवादी केन्द्रले एउटा वडा जितेर खाता खोलेको छ ।
  • ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नं.
  • १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
ओखलढुंगामा माओवादी केन्द्रले खाता खोल्यो, एउटा वडामा विजयी

ओखलढुंगामा माओवादी केन्द्रले एउटा वडा जितेर खाता खोलेको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा उषक कटवालले ४ सय ६ मत ल्यायर विजयी हुनुभएको छ । एमालेका मेखजंग राईले १ सय ७४ ल्याउनुभयो । कांग्रेसका उम्मेदवारले १ सय २५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका प्रमुखमा पनि माओवादी केन्द्रका निशान्त शर्माले ४ सय ९३ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापाले १ सय ३३ ल्याउनुभएको छ ।

रोल्पा : माडी गाउँपालिका १ मा माओवादी विजयी

रोल्पाको माडी गाउँपालिका १ नम्बर वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।  वडा नम्बर १मा माओवादी केन्द्रका आमबहादुर घर्ती ७७१ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका अमृत घर्तीले ५१५ मत प्राप्त गरेका छन् ।

यस्तै माडी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रको तर्फबाट प्रमुख पदका उम्मेदवार नन्दबहादुर पुनले ७१३ र उपप्रमुखका उम्मेदवार धनीकला घर्तीले ७६१ रहेको छ भने कांग्रेस एमाले गठबन्धनका प्रमुखमा नेपाली का‌ग्रेसका गोपाल घर्तीले ४९८ र एमालेका प्रेम घर्तीले ५५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?