तुइन तर्न १०० रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
तुइन तर्न १०० रुपैयाँ

सारांश

  • सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागी अझै विकल्प छैन।
  • कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँले तुइनकै भर पर्नुपर्छ ।
  • त्यो पनि निशुल्क होइन प्रति व्यक्ति १०० रुपैयाँ तिरेर ।

सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागी अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँले तुइनकै भर पर्नुपर्छ ।

त्यो पनि निशुल्क होइन प्रति व्यक्ति १०० रुपैयाँ तिरेर । सय रुपैयाँ तिरेर तुइनबाट वारिपारी गर्नेहरुको सामान तारेबापत थप ५० रुर्पैयाँ तिर्नुपर्छ ‘पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौ, स्थानीय काली विकले भनिन् । ‘पैसा नहुनेले वारिपारि गर्न पाउदैनन् । ’कणाली नदीमा बाह्रै महिना बहाब उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिदैन ।

खर्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङथुचु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?