कांग्रेसले संसद अवरुद्ध गर्नुको भित्री कारण

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेसले संसद अवरुद्ध गर्नुको भित्री कारण

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका दुई अस्पताल संघीय सरकारमार्फत संचालन गर्न माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ।
  •   गठन आदेशमार्फत संचालनको तयारी भएका यी अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका दुई अस्पताल संघीय सरकारमार्फत संचालन गर्न माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ। 
गठन आदेशमार्फत संचालनको तयारी भएका यी अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।  मंगलबार कांग्रेसले दुई पटकसम्म प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो भने यसअघि राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको थियो।
प्रमुख प्रतिपक्षले मुख्य रुपमा आफ्ना नेताका नाममा खोलिएका अस्पताल संघीय सरकारमार्फत संचालन गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट नभएसम्म सदन चल्न नदिने अडान राखेको छ। 
सरकारले अरू ९ वटा अस्पताल बनाउने र सञ्चालन गर्ने निर्णय गरे पनि यी दुई अस्पताल नबनाउने निर्णय गरेको थियो। यो विषयलाई लिएर कांग्रेसले यसअघि नै आवाज उठाएको थियो।
कतिपयले बाहिर देखाउन अस्पतालको मुद्दा उठाएपनि कांग्रेसको मुख्य उद्देश्य भनेको संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न नदिनु रहेको बताएका छन्। 
सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै कांग्रेसले यसअघि पनि विरोध जनाउँदै आएको थियो। संसदीय समितिबाट पारित विधेयक मंगलबार संसदमा शिक्षामन्त्रीले प्रस्तुत गर्ने कार्यक्रम थियो। 
सभामुख कृष्णबहादुर महराले कांग्रेसको अवरोधकाबीच शिक्षा मन्त्री पोखरेललाई विधेयक प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेस सांसद आक्रोशित हुँदै मन्त्रीलाई घेराबन्दी गरेर रोष्टममा जानबाट रोकेका थिए। 
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्ने शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गर्ने कार्यसूची रहेको थियो।
आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसी १६ औं आमरण अनशनमा छन्। कांग्रेसले डा. केसीसँग भएको सहमति अनुसार बिधेयक पारित गर्न दवाब दिँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?