चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • दोलखा।
  •  प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  ।
  •   समाचारको अनुसार चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो ।

दोलखा। प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । 

समाचारको अनुसार चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो । तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव पनि भेटिएको मलामी गएका स्थानीयहरूले बताएका छन् ।

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताए । वडाध्यक्ष थामीले चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?