किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
सारांश
- काठमाडौं, मंसिर २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेलुकी ४ बजेपछि मात्रै मतदान गर्नुभएको छ ।
- अरु सबै शीर्ष नेताहरुले बिहान मतदान गरेपनि ओलीले ढिलो मात्रै मतदान गर्नुभएको हो ।
- उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट स्थित महेन्द्र शान्ति माध्यामिक विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो ।
काठमाडौं, मंसिर २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेलुकी ४ बजेपछि मात्रै मतदान गर्नुभएको छ । अरु सबै शीर्ष नेताहरुले बिहान मतदान गरेपनि ओलीले ढिलो मात्रै मतदान गर्नुभएको हो ।
उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट स्थित महेन्द्र शान्ति माध्यामिक विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि ओलीले यो चुनावपछि देशमा स्थायित्व र विकास हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले चुनाव टार्न अनेकौं बहाना गरेपनि सफल हुन नसकेको उहाँको दावी थियो ।
‘दिनहुँ बम पड्किरहँदा पनि सरकारले बम कसले पड्कायो भनेर भन्न सकेन’ ओलीले भन्नुभयो । उहाँले चुनाव लगत्तै एमाले र माओवादी मिलेर सरकार बनाउने दावी पनि गर्नुभयो । पत्रकारले किन मतदान गर्न आएको भन्ने प्रश्न गर्दा ओलीले किन हतार गर्नु भनेर ढिलै आएको प्रतिक्रिया दिनुभयो ।
उहाँ झापा ५ का उम्मेदवार हुनुहुन्छ । झापाबाट उम्मेदवारी दिएकाले उहाँले आफूलाई मतदान गर्न भने पाउनुभएन । पहिले पनि आफूले आफैंलाई मतदान नगरेकाले यो ठूलो कुरा नभएको उहाँको भनाई थियो ।
प्रतिक्रिया