रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा

सारांश

  • काठमाडौं, १५ माघ ।
  • चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ ।
  • स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।

काठमाडौं, १५ माघ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ । स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।

हल सञ्चालक तथा चलचित्र निर्मात्री पौडेल बोर्डको अध्यक्ष नियुक्त भएसँगै उनीबारे अख्तियारमा उजुरी परेको थियो । तत्कालिन् सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पौडेलबाट ठूलो आर्थिक लाभ लिएर उनलाई अध्यक्ष बनाएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले पनि यो विषयमा वास्तविकता के हो भनेर ? छानबिन गर्नेगरि बोर्डकी अध्यक्ष पौडेललाई पत्र काट्न लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४।८।२५ गते बोर्डको अध्यक्षमा चलचित्रकर्मी पौडेललाई नियूक्त गरेको थियो । र, २०७४।८।२९ गते पौडेलले पदभार गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?