स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ

सारांश

  • काठमाडौँ, १२ चैत,  नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
  • भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ ।
  • सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो ।

काठमाडौँ, १२ चैत,  नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ ।

सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल स्की संघका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहनुभएको संघले जनाएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए

तपाईंले छुटाउनुभयो कि?