नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा

सारांश

  • १६ असार, काठमाडौ ।
  • दोस्रो चरणको स्थानीय चुनावअन्तर्गत भइरहेको मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
  •   पछिल्लो मत परिणामअनुसार दुई ठाउँमा एमालेले जितेको छ भने काँग्रेस र माओवादी केन्द्रले एकएक ठाउँमा जित हासिल गरेका छन् ।

१६ असार, काठमाडौ । दोस्रो चरणको स्थानीय चुनावअन्तर्गत भइरहेको मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो मत परिणामअनुसार दुई ठाउँमा एमालेले जितेको छ भने काँग्रेस र माओवादी केन्द्रले एकएक ठाउँमा जित हासिल गरेका छन् ।  प्रदेश नम्बर एकमा एमाले ५२ स्थानमा अगाडि छ भने नेपाली काँग्रेस ५१ स्थानमा अगाडि छ भने ११ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ ।  प्रदेश नम्बर पाँचमा एमाले ३८ स्थानमा अगाडि छ भने २८ स्थानमा काँग्रेसले अग्रता लिएको छ भने माओवादी केन्द्र १७ स्थानमा अगाडि देखिएको छ ।  प्रदेश नम्बर सातमा काँग्रेस २५ स्थानमा अगाडि छ भने एमालेले १९ र माओवादी केन्द्रले १४ स्थानमा अग्रता कायम राखेको छ । ३ सय ७ स्थानमा मतगणना जारी रहेको भए पनि पछिल्लो विवरण केहीबेरमा प्राप्त हुने निर्वाच्न आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सीआईएनसँग बताउनुभयो ।  संघीय समाजवादी फोरम–नयाँ शक्तिबीचको गठबन्धनले पनि चार तहमा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले तीन तहमा अग्रता लिएको छ । चुनावमा एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन् ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?