पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल

सारांश

  • भक्तपुर।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन्।
  • चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए।

भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन्। चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए।

मन्त्री पोखरेलले भने, “शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन्”।

शिक्षामा क्रान्ति र सुधार गर्दै परिवर्तन गर्ने हो भने कक्षा कोठा सिकाइ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने औँल्याउनुभयो । गुणस्तरहीन भयो भनी सार्वजनिक शिक्षाको निकै आलोचना भएको भन्दै उनले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्नेमा जोड दिए।

मन्त्री पोखरेलले देशभर अहिले पनि करीब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उहाँले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताए। नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, “एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको

परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ।” स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, “शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस्।” देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पुर्याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पुर्याउने, ३५ हजार विद्यालयमा बिरुवा

रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गरे। उनले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको

सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गरे। कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको बताए। चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षामा समेत लागू गरिने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
साउनबाट कर्मचारीले पेन्सन नपाउने, वृद्धभत्ता बढेन! बजेटमा अरु के-के छ ?
साउनबाट कर्मचारीले पेन्सन नपाउने, वृद्धभत्ता बढेन! बजेटमा अरु के-के छ ?
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नयाँ वर्षमा मुख्यमन्त्रीहरुद्वारा शुभकामना व्यक्त
नयाँ वर्षमा मुख्यमन्त्रीहरुद्वारा शुभकामना व्यक्त
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !
आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !

तपाईंले छुटाउनुभयो कि?