बेनी नगरपालिका साक्षर घोषित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बेनी नगरपालिका साक्षर घोषित

सारांश

  • 2017-12-05 11:51 बाबियाचौर, म्याग्दी, १९ मंसिर बेनी नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।
  • जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो ।
  • नगरपालिकाका ९६.

2017-12-05 11:51

बाबियाचौर, म्याग्दी, १९ मंसिर बेनी नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो ।

नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर भएको बताइएको छ । शिक्षा मन्त्रालयले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकले अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने नीतिगत व्यवस्था गरेको छ ।
दश वटा वडा रहेको नगरपालिकालाई साक्षर घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले घोषणालाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र निरक्षर समूहलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाएर साक्षरता प्रतिशत बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले साक्षरता दरमा भएको बढोत्तरीसँगै सामाजिक विकासको सूचकांक थपिने र समग्र विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले हालसम्म ४५ मध्ये ३५ वडा साक्षर घोषणा भएको म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो । जिल्लाको साक्षरता प्रतिशत अहिले ९६.२७ प्रतिशत छ । बाँकी दश वटा वडालाई यही मंसिर महिनाभित्र साक्षर घोषणा गर्न लागिएको बताइएको छ । निरक्षरलाई अंक र अक्षर लेखपढ गर्न सिकाउने उद्देश्यले विसं २०६७ देखि साक्षरता कक्षा सञ्चालन हँुदै आएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?