सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

सारांश

  • लहान, १६ माघ , सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् ।
  • गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
  • गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता पाएयता अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन नसकेको ज्येष्ठ नागरिक देवनाथ यादव बताउनुहुन्छ ।

लहान, १६ माघ , सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् ।

गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता पाएयता अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन नसकेको ज्येष्ठ नागरिक देवनाथ यादव बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७४÷०७५ को तेस्रो किस्ता र चालू आर्थिक वर्ष दुई किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । “सामाजिक सुरक्षा भत्ताकै रकमबाट औषधोपचार गराइरहेको थिए”, स्थानीयवासी ८१ वर्षीय रामेश्वर यादवले भन्नुभयो, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउन समेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको यादवको गुनासो छ ।

जाडो मौसममा लगाउने कपडा छैन कसरी बाच्ने ? प्रश्न तेर्साउँदै स्थानीयवासी सुखलाही यादवले भन्नुभयो, “भत्ता लिन गाउँपालिका र वडा कार्यालय दिनानुदिन चहार्दै आए पनि कहीं कतैबाट सुनुवाइ भएको छैन ।” वडाका ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पाउन नसकेको विषयमा गाउँपालिकाका अध्यक्षलाई पटकपटक जानकारी गराउँदासमेत गाउँपालिकाले समयमा निकासा नदिएकाले वितरण गर्न नसकिएको वडाध्यक्ष रामऔतार यादव बताउनुहुन्छ । वडा कार्यालयमा वडासचिव समेत लामो समयदेखि नहुँदा काम गर्न कठिनाइ भइरहेको वडाध्यक्षको भनाइ छ ।

सो वडाका कति जना ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता पाइरहेको छ, त्यसको वास्तविक तथ्याङ्कसमेत वडा कार्यालयसँग छैन ।

यता नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले गाउँपालिकाको चार वटा वडामा निष्पक्ष तरिकाले सामाजिक सुरक्षाभत्ता वितरण भइसके पनि वडा नम्बर १ मा मात्र वितरण हुन नसक्नुको कारण खोजिरहेको बताउनुभयो । यसबारे आफू गम्भीर रहेको र छिट्टै सामाजिक सरक्षा भत्ता वितरणको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष यादवको कथन छ ।

कुष्ठरोगीको निःशुल्क उपचार

सिरहामा हालसम्म ८१ जना कुष्ठरोगीको निःशुल्क उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका क्षय कुष्ठरोग अधिकृत उमेश यादवले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा हालसम्म ८१ जना कुष्ठरोगीको उपचार भइरहेको जानकारी दिनुभयो ।

सिरहामा योसँगै हालसम्म कुष्ठरोगीको सङ्ख्या १०० भन्दा बढी पुगेको अधिकृत यादवको भनाइ छ । अघिल्लो वर्षमात्रै सिरहाका विभिन्न गाविसमा २९ जना नयाँ कुष्ठरोगी फेला परेको थियो । तर स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएका कारण यसवर्ष जिल्ला जनस्वास्थ्य कार्यालयले कुष्ठरोगीको तथ्याङ्क सङ्कलन गर्न नसकेको जनाएको छ ।

कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदै आएको छ । समयमै उपचार गरे कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्य उपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उहाँहरुलाई लक्षित गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको अधिकृत यादवले बताउनुभयो ।

कुष्ठरोग लागेकाले आच्छयुँ गर्दा निस्कने किटाणु हावामा मिसिएर श्वास प्रश्वासका माध्यमबाट सर्ने भएकाले त्यसतर्फ सचेत हुन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
लागुऔषध सहित १ जना लाई पक्राउ
लागुऔषध सहित १ जना लाई पक्राउ
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
कामपामा विद्यार्थी भर्ना अभियान
कामपामा विद्यार्थी भर्ना अभियान

तपाईंले छुटाउनुभयो कि?