खाली जग्गा अतिक्रमण गर्ने खोज्ने लखेटिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
खाली जग्गा अतिक्रमण गर्ने खोज्ने लखेटिए

सारांश

  • सप्तरी, १३ चैत  सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयाँैं मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी आज लखेटेको छ ।
  • कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस लखेटिएका हुन् ।
  • घण्टौँसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी, १३ चैत  सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयाँैं मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी आज लखेटेको छ ।
कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस लखेटिएका हुन् । घण्टौँसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुले नजीकैको मानव वस्तीमा आश्रय लिएका छन् ।
सो क्रममा मङ्गोलियन नेशनल अर्गनाइजेशनका शक्ति चाम्लिङ राईसहितलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिनुभयो । अर्गनाइजेशन प्रदेश नं २ का इञ्चार्ज राईको अगुवाइमा सुकुम्बासी बस्ती बसाउन उनीहरु आएका हुन् । सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै सुकुम्बासीलाई उक्त क्षेत्रमा बोलाइएको पाइएको छ ।
अर्गनाइजेशनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । बस्ती नै बसाउने योजनाका साथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताउनुभयो ।
घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर बस्ती बसाउने योजना रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
Mostbet, Azərbaycanda ən yaxşı onlayn kazinolardan bir
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा
चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत