मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
६४ पटक हेरिएको
Shares
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?

सारांश

  • काठमाडौं ।
  • पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएपछि मन्त्रिमण्डलको आकार अझै बढ्ने भएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतको भनाइ छ ।

काठमाडौं । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएपछि मन्त्रिमण्डलको आकार अझै बढ्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८ सांसद रहेको राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउन यसअघि नै सहमति जनाएको जनाइएको छ ।

स्रोतका अनुसार देउवाले बुधबारभित्र राप्रपाका मन्त्रीहरूलाई सपथ गराउने तयारी गरेका छन् । शान्ति तथा पुनर्निर्माण, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र उद्योग मन्त्रालय बाँकी छन् । यी चार मन्त्रालयमा देउवाले नयाँ मन्त्री ल्याउन लागेका हुन् ।

चार मन्त्री र चार राज्यमन्त्री राप्रपा प्रजातान्त्रिकबाट थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५८ सदस्यीय बन्नेछ । राप्रपा (प्रजातान्त्रिक) देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्नेछ ।

राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा र रेशमबहादुर लामालाई मन्त्री बनाउने तयारी गरेको छ । यसअघि दीपक बोहरा मन्त्री बन्ने चर्चा रहे पनि नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अनियमितताका कारण त्यो सम्भावना टरेको हो । निगमको अनियमितताका विषयमा पूर्वमन्त्री बोहरा विववादमा परेको भन्दै देउवाले तत्काल मन्त्री बनाउन अनिच्छा जनाएको स्रोतको भनाइ छ ।

राप्रपा (प्रजातान्त्रिक)ले पार्टीभित्रको अन्तरिक सन्तुलन मिलाउनभन्दै चार मन्त्रीसँगै चार राज्यमन्त्री पनि बनाउने भएको छ । राज्य मन्त्रीका लागि राज्यलक्ष्मी श्रेष्ठ, इश्तियाक अहमद खान, रमेशकुमार लामा र सयन्द्र बान्तवाको नाम चर्चामा छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत
आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
झुलाघाट नाका आजदेखि तीनदिनका लागि  बन्द
झुलाघाट नाका आजदेखि तीनदिनका लागि बन्द
आठ नेपाली कामदारको उद्धार
आठ नेपाली कामदारको उद्धार
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
प्रियंका चोपडाका सेक्स अनुभव कस्ता–कस्ता , लाइट अन गरेर र फोनबाटै पनि
प्रियंका चोपडाका सेक्स अनुभव कस्ता–कस्ता , लाइट अन गरेर र फोनबाटै पनि
२ करोड घुस डिलमा न्यायाधीश-अधिवक्ताबीच यस्तो छ-संवाद
२ करोड घुस डिलमा न्यायाधीश-अधिवक्ताबीच यस्तो छ-संवाद